रिचार्जरबाट सामान किन्दा फेस मास्क र स्यानिटाइजर निःशुल्क

काठमाडौं, चैत १२
मोबाइल एप रिचार्जरले एपबाट सामान खरिद गर्ने सेवाग्राहीलाई फेस मास्क तथा स्यानिटाइजर निःशुल्क उपलब्ध गराउने भएको छ । रिचार्जरबाट सामान अर्डर गरेको १२ घण्टाभित्र काठमाडौं उपत्यकामा सामान डेलिभरी हुने रिचार्जरले जनाएको छ । ‘कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्किन अनुरोध गरिरहेको छ । यो अवस्थामा हामीले सर्वसाधारणको आवश्यकता पूरा गराउनका लागि यस्तो अभियान चलाएका हौं’, ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भने । बजारमा मास्क र स्यानिटाइजरको अभाव भइरहेका बेला रिचार्जरबाट विद्युतीय उपकरण खरिद गर्दा निःशुल्क मास्क र स्यानिटाइजर वितरण गर्दा सेवाग्राहीलाई सहज हुने विश्वास रिचार्जरले लिएको छ ।

मोबाइल फोन, टेलिभिजन, ल्यापटप लगायतका उपकरण खरिद गर्दा हरेक ग्राहकले मास्क र स्यानिटाइजर निःशुल्क पाउनेछन् । यसका साथै घरबाट बाहिर निस्किन नमिल्ने अवस्थालाई ध्यानमा राख्दै मोबाइल एपबाट नै रकम भुक्तानी तथा किस्ताबन्दीको आवश्यक प्रक्रिया पूरा गर्ने व्यवस्था मिलाइएको रिचार्जरले जनाएको छ । किस्ताबन्दीमा सामान किन्न चाहनेहरुले शून्य प्रतिशत ब्याजदरमा सामान खरिद गर्न सक्नेछन् ।

विभिन्न वाणिज्य बैंकको इन्टरनेट बैंकिङ, विद्युतीय भुक्तानी सेवाप्रदायकका प्रयोगकर्ताले मोबाइल एपबाट सामान खरिद गरेपछि सिधै रकम भुक्तानी गर्न सक्छन् । गुगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरी एकाउण्ट खोल्दा एक सय क्यास प्वाइन्ट पाउँछन् । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई छुटका रुपमा प्रयोग गर्न सकिन्छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie