भारतको साट्टे पर्यटन मेलामा नेपाल सहभागी

भारतको साट्टे पर्यटन मेलामा नेपाल सहभागी

काठमाडौं, पुस २९
नेपाल पर्यटन बोर्डले नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) प्रदेश ७ र ३७ निजी पर्यटन ब्यवसायी कम्पनीहरुको साथमा भारतको विशाल नोइडामा आयोजित साट्टे पर्यटन मेलामा सहभागिता जनाएको छ । भारतीय पर्यटकलाई नेपालमा ल्याउन मेलाको सहभागिताले सहयोग पुग्ने बोडले जनाएको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन साट्टे पर्यटन मेलाको सहभागिताले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पर्यटन मेलामा पर्यटन क्षेत्रसँग सम्बन्धित नेपालका ३७ कम्पनीहरुको सहभागिता हुनु आफैँमा ठूलो उपलब्धिका रुपमा रहेको छ । नेपालको फरक परम्परा सांस्कृतिक सम्पदा नेपाली पहिचान नेपाली पर्यटन गन्तव्यबारे मेलामा आउनेहरुलाई जानकारी प्रदान गरिएको थियो । नेपालको महत्वपूर्ण पर्यटन बजारको रुपमा रहेको छिमेकी मूलुक भारतमा आयोजना हुने सबैभन्दा ठूलो पर्यटन मेलाका रुपमा रहेको साट्टेमा १ हजार ५० स्टलहरु ५० भन्दा बढी मूलुकबाट सहभागी थिए । मेला जनवरी ८ देखि १० सम्म सञ्चालन भएको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध