चेम्बरद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना

चेम्बरद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना

काठमाडौं, मंसिर १६
नेपाल चेम्बर अफ कमर्सले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठसहितको टोलीले महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेण्टरमा पुगेर प्रधानमन्त्री के.पी. शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको हो । सो अस्पतालमा राखिएको शीघ्र स्वास्थ्य लाभको कामना पुस्तिकामा उपचाररत रहेका प्रधानमन्त्री ओलीको शीघ्र एंव पूर्ण स्वास्थ्य लाभको अध्यक्ष श्रेष्ठसहित चेम्बरका पदाधिकारीहरु, कार्यसमितिका सदस्यहरुको टोलीले कामना गरेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस