बज्रग्रुपको ब्राण्डदूतमा मिस नेपाल शृंखला खतिवडा

बज्रग्रुपको ब्राण्डदूतमा मिस नेपाल शृंखला खतिवडा

काठमाडौं, मंसिर १६
बज्रग्रुपले मिस नेपाल शृङ्खला खतिवडालाई एक वर्षको लागि आफ्नो ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । उनलाई नियुक्त गर्नुको मुख्य दुई उद्देश्य रहेको कम्पनीले जनाएको छ । सन् २०१८ को विश्व सुन्दरी प्रतियोगितामा उनको प्रतिनिधित्व नेपालको लागि संसारभर विशेष जनप्रभाव पार्ने ऐतिहासिक क्षण बनेको र उनी पेशाले आर्किटेक्ट भएकोले कम्पनीको बाथरुम र निर्माण सामग्री उत्पादन गर्ने सेनेटरी व्यवसायसँग सम्बन्धित रहेका कारण ब्राण्ड एम्बेसडर नियुक्त गरेको कम्पनीको भनाइ छ ।

उनी कम्पनीको उत्पादनबारे राम्रो जानकार रहुनको साथै व्यावसायिक विचार र कार्यशैलीले बजारमा कम्पनीको उत्पादनहरुलाई प्रचार गर्न पनि सहज बनाएको कम्पनीको भनाइ छ । ‘विगत २८ वर्षदेखि बज्रग्रुपले विविध प्रकारका सेनेटरी उत्पादनहरु बाथरुमका सामान, सेरामिक टाइल्स, फ्लोर लेमिनेट्स, लाभाटोरिज, सुट, निर्माण सामग्रीहरु र इसेम्बल्सजस्ता सामान वितरण गर्दै आएको छ । नेपालमा उत्कृष्ट प्रदर्शनको लागि यस ग्रुपले विभिन्न प्रतिष्ठित अवार्डहरु प्राप्त गरेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस