हुन्डाईको ‘विन्टर डिलाइट’ योजना

हुन्डाईको ‘विन्टर डिलाइट’ योजना

काठमाडौं, मंसिर १६ 
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई विन्टर डिलाइट’ योजना ल्याएको छ । यस योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुविधाहरु प्राप्त गर्ने अवसर पाउनेछन् । यस योजनाअन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निःशुल्क एक वर्षसम्मको बीमा, आकर्षक एक्सचेन्ज बोनस, स्पट एक्सचेन्ज तथा मूल्यांकनको सुविधा र एक वर्षसम्मको निःशुल्क सडक कर (चालू आव) समेत प्राप्त गर्न सक्नेछन् ।

साथै हरेक हुन्डाई गाडीको खरिदमा चार वर्षसम्म निःशुल्क सर्भिस र तीन वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ । चिसो मौसममा पनि यो योजनाले ग्राहकमा न्यानोपनको आभास प्रदान गर्ने लक्ष्य लिइएको छ । कम्पनीले ग्राहकको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ । योजनामार्पmत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । योजना निर्धारित समयका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस