टीभीएस अपाचे रेस ट्र्याक एक्सपिरियन्सका लागि विजेताहरु चेन्नाई प्रस्थान

टीभीएस अपाचे रेस ट्र्याक एक्सपिरियन्सका लागि विजेताहरु चेन्नाई प्रस्थान

काठमाडौं, मंसिर १५
टीभीएस अपाचे रेस ट्र्याक एक्सपिरियन्सका लागि विजेताहरु चेन्नाई प्रस्थान गरेका छन् । नेपालका लागि टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस अपाचे बाइक आरआर ३१० र अपाचे २०० फोरभी मोटरसाइकलहरुको टेस्ट राइडमा सहभागिता जनाएका प्रतियोगीहरुमध्ये २५ जना छनौट भएका थिए । छनौटमा परेका २५ जना चेन्नाई प्रस्थान गरेका हुन् । कम्पनीका अनुसार टेस्ट राइडमा ६० जना गोलाप्रथाबाट चयन गरी प्रारम्भिक छनौट चरणबाट ३० जना छनौट भएका थिए । त्यस्तै ३० बाट २५ छनौट गरिएका छन् ।

विजेता २५ जनाले मंसिर १६ गते भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा टीभीएस अपाचे बाइक कुदाएर आफ्नो जीवनको एक सुनौलो सपना साकार बनाउने कम्पनीले जनाएको छ । एकान्तकुना ड्राइभिङ्ग स्कूलको मैदानमा सञ्चालित छनौट चरणबाट २५ जना प्रतियोगीहरु उत्कृष्ट ठहरिएका छन् । साथै यी प्रतियोगीहरुले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्र्याकमा अपाचे बाइक दौडाउने सुनौलो सपना पूरा गर्ने अवसर पाउनेछन् । 

प्रारम्भिक चरणको छनौट प्रक्रिया उत्साहजनक रुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘नेपालका बाइक राइडरहरु पनि क्षमता, दक्षता एवं अनुशासन प्रदर्शन गर्न सक्षम छन् भन्ने उदाहरण हो यो । उनीहरुको सपनामा सरिक हुन पाएकोमा हामी जगदम्बा मोटर्स परिवार हर्षित छौं । अन्तिम चरणको लागि छनौट भएका २५ जना बाइक राइडरहरुलाई म थप सफलताको शुभकामना व्यक्त गर्दछु ।’ अपाचे बाइक राइडरहरुको बाइक हाँक्ने खुबी, शारीरिक सक्षमता, अनुशासन आदिलाई आधार मानेर आफ्नो मत दिएका थिए ।

नेपालमा अत्यधिक रुपमा रुचाइएको टीभीएस अपाचे आरआर ३१० र २०० ४भीले माइलेज अत्यधिक दिन्छ भने यसमा अत्याधुनिक नवीनतम सुरक्षा प्रविधिद्वारा सुसज्जित गरिएको छ । मोटरसाइकल रेसको लागि अत्यन्त उत्कृष्ट साबित भइसकेका यी दुवै अपाचे बाइक नेपालको बाइक राइडरहरुमाझ लोकप्रिय रहेका छन् ।

मद्रास मोटर रेस ट्र्याकमा सहभागी हुने प्रतियोगीहरु शनिबार नेपालबाट प्रस्थान गरी मंसिर १६ गते रेस ट्र्याकको अनुभव गर्दै मंसिर १८ गते, बुधबार पुनः नेपाल फर्किनेछन् । मद्रास मोटर रेस ट्र्याक भारतको विश्वस्तरीय र लोकप्रिय रेस ट्र्याक हो । सन् १९८९ मा उद्घाटन गरिएको यो ट्र्याक ३.७४ कि.मि को छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेसिङ्ग इभेन्टहरु आयोजना भइसकेको यो ट्र्याक रेसिङ्ग प्रेमीहरुमाझ अत्यन्तै लोकप्रिय छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस