अनन्तलिंगेश्वर बचत तथा ऋण सहकारीद्वारा आँखाशिविर सञ्चालन

अनन्तलिंगेश्वर बचत तथा ऋण सहकारीद्वारा आँखाशिविर सञ्चालन

भक्तपुर, माघ २६
अनन्तलिंगेश्वर बचत तथा ऋण सहकारी संस्थाले आँखाशिविर सञ्चालन गरेको छ । संस्थाका अनुुसार शनिबार सिटी आई केयर सेन्टर नयाँ ठिमी र डीएके फाउन्डेसन समेतको सहकार्यमा अनन्त शिक्षा सदनको प्रांगणमा एक दिने निःशुल्क आँखाशिविर सञ्चालन गरिएको हो ।

शिविरको उद्घाट्न सूर्यविनायक नगरपालिकाका मेयर वाशुुदेव थापाले गरेका हुुन् । कार्यक्रममा मेयर थापाले नगरपालिकाले आफ्ना क्षेत्रका जनताको स्वास्थ्यलाई सधैं नै उच्च प्राथमिकतामा राखेर सरसफाइका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए । ‘संस्थाले आयोजना गरेको यस्तो शिविरले आम नगरबासीमा स्वास्थ्यसम्बन्धी जनचेतना विस्तारमा ठूलो टेवा पुगेको छ’, उनले भने ।

शिविरमा दुुई सय ८० जना सर्वसाधारणको निःशुल्क आँखा उपचार गरिएको अनन्तलिंगेश्वर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुुजन राउतले बताए । उपचार गरिएकामध्ये १९ जनाको आँखा अपरेसन नै गर्नुपर्ने भएकाले उनीहरुको आगामी मंगलबार अपरेसन गर्ने व्यवस्था मिलाएको छ । संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आँखाशिविरसँगै संस्थामा बालबचत गर्ने ७० जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको संस्थाका अध्यक्ष राउतले बताए ।

कार्यक्रममा नेकपा जिल्ला कमिटीका अध्यक्ष बच्चन देउजा, सूर्यविनायक नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष उत्तम थापा, सोही नगरपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष रवीन्द्र सापकोटा, सुुनपा ४ का वडा सदस्य राजुु लुुवाञ्जार, अनन्त शिक्षा सदनका संयोजक सुमन राउतसहितका व्यक्तिहरुका उपस्थिति रहेको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie