निलगाईले दोधाराका किसानलाई सतायो

निलगाईले दोधाराका किसानलाई सतायो

कञ्चनपुर, माघ २४
कञ्चनपुरको महाकाली नदीपारिको क्षेत्र महाकाली नगरपालिकाको दोधाराका किसानलाई जंगली गाई ‘निलगाई’ले सताएको छ । निलगाईले नगरक्षेत्रमा संरक्षित जनावर निलगाईको आतंक बढेको स्थानीयहरूले बताएका छन् ।निलगाईको आतंकले स्थानीय किसान हैरान भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा भित्रिएको जैगली निलगाईले किसानले लगाएको खेतबाली नष्ट गर्दै आएको बताएका छन् ।

निलगाईको आतंक बढेपछि माहाकाली नगरपालिका वडा नं. ७ संसारी टोलका बस्तीहरूमा गहुँखेती नष्ट गरेको स्थानीयहरूले बताए । बस्ती नजिक रहेका संसारी मध्यवर्ती सामुदायिक वनमा बासस्थान बनाएका दर्जनौँ निलगाई रातिको समयमा खेचमा पसेर खेतिबाली सखाप पार्दै आएको स्थानीय गणेश सुनारले बताए । ‘रातिको समयमा २०/२२ को संख्यामा खेतबारीमा भित्रिने निलगाईले महाकाली नदिको किनारका बस्तीका हामीहरूको गुहँ खेति नष्ट गर्दे आएको छ’ किसान गणेश सुनारले भने ।

संसारीटोलका स्थानीय किसानहरू निलगाई धपाउन रातभर जागराम बस्दै आएको अर्का स्थानीय किसान ध्यामबहादुर बरालले बताए । माहाकाली नगरपालिकाको वडा नं. ७ संसारी टोल, ढकनाटोल वडा नं. ३ बडुवाल टोललगायत शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र भारतीय वनसँग जोडिएका महाकाली नगरपालिकाका बस्तीहरूमा यो समस्या विकराल देखिएको छ ।

इन्द्रा मध्यवर्ती सामुदायिक वनमा समेत रातिको समयमा निलगाई बस्दै आएको इन्द्रा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष करन सुनारले बताए । ‘सामुदायिक वनमा निलगाईको दिशा देखिँदै आएको छ’ इन्द्रा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष सुनारले भने । उक्त क्षेत्रहरूमा निलगाईले क्षति नगरोस् भनेर पहिले रातभरि टर्चबत्ती बालिन्थ्यो । तर, टर्च लाइटको उपाय पनि क्रमशः काम नलाग्ने भएपछि किसान रातभर खेतमै रात बिताउन थालेको स्थानीयहरूको भनाइ रहेको छ ।

निलगाईले संसारी टोलका गणेश सुनार, च्याम बराल, बेलबहादुर राना, रणबहादुर तिरुवालगायत दर्जनौँ स्थानीयहरूको गहुँ खेती नष्ट गर्दै आएको उनीहरूले बताए । निलगाई आतंक बढ्दा सम्बन्धित निकाय भने मौन बसेको स्थानीय किसानले आरोप लगाएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र भारतीय वनसँग जोडिएका बस्तीहरूमा बाँस र तारको घेरा लगाएका खेती जोगाउन प्रयास भइरहेको छ भने, मध्यरातमा हुलका हुल निलगाई तथा जंगली जनावरले बाली नष्ट पार्दै आएको छ ।

महाकाली नगरपालिका क्षेत्रमा छाडा चौपायासँगै वन्यजन्तुबाट हैरान खेप्दै आएका किसानहरूले सरकारले दीर्घकालीन समस्या समाधानको माग राख्दै आएका छन् । जंगली जनावरले वर्षभरि खाने अन्नबाली सखाप पार्दै आएको भन्दै दोधारा क्षेत्रका सिकानहरूले मध्यवर्ती व्यवस्थापन समितिलाई गुहार्दै आएका छन् । ‘रातिको समयमा आउने निलगाईको बथानलाई धपाउन रातभरि साइरन बजाउने, थाली बजाउने, पटका पड्काउने तथा आगोको धुनी बाल्दै अनेकौँ उपाय अपनाउने गरेका छौँ । तर, पनि हामीबाट नियन्त्रण हुने देखिएन ।’ स्थानीय भन्छन् वर्षभरि खतरा बढेको भन्दै किसानहरू चिन्तित बनेका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie