दुःख बढ्यो, उत्पादन मूल्य बढेन

दुःख बढ्यो, उत्पादन मूल्य बढेन

दोलखा, माघ २१
जिल्लाका अधिकांश किसान तरकारिको उचित मूल्य नपाएपछि चिन्तित भएका छन् । जिल्लाको भीमेश्वर नगरपालिका क्षेत्रभित्रमा वार्षिकरूपमा चार करोडबराबरको तरकारी उत्पादन हुन्छ तर उत्पादक किसानले भने कम मूल्यमा नै बिक्री गर्नुपर्ने बाध्यता रहेको छ । किसानले उत्पादन गरेको तरकारिबाट बिचौलियाले फाइदा लिएर चर्को मूल्यमा बिक्री गर्ने गरेका छन् । तर, असली किसानले भने न्यून मूल्यमा चित बुझाउनु पर्ने बाध्यता रहेको छ ।

दोलखाको भीमेश्वर नगरपालिका वडा नं ७ मकैबारीका अधिकांश किसानले सामूहिक तथा व्यक्तिगत कृषि फर्म नै दर्ता गराएर तरकारी खेती गरिरहेका छन् । सोही गाउकी मन्जु तामाङले १५ रोपनी जग्गामा सात जातको तरकारी खेती गरेकी छन् । उनले मौषमी तथा बेमौषमी तरकारी खेती गरेकी छिन् । उनले आफूले उत्पादन गरेको तरकारी डोकोमा बोकेर चरीकोट बजार ल्याएर चालीस प्रतिशत कम मूल्यमा बेच्नुपरेको दुखेसो पोखिन् ।

उनले चरीकोट बजारमा ल्याएको काउली बिचौलियाहरूले २५ रूपैयाँ सस्तोमा किनेर बजारका सर्वसाधारणलाई ३० रूपैयाँ नाफा खाएर बेच्ने गरेका छन् । सबैले तरकारी खेती गर्ने हुँदा आफूले सस्तोमा तरकारी बेच्नुपरेको उनको भनाइ छ । किसानबाट २०/२५ रूपैयाँमा किनेको काउली बजारका बिचौलियाहरूले ६० देखि ७० रूपैयामा बिक्री गर्ने गरेका छन् । अर्गानिक खानाको रूपमा प्रयोग गरिने कोदो, फापर पनि दोब्बर मूल्यमा किनेर खानु परेको स्थानीयको भनाई छ । बैतेश्वर गाउपालिका वडा नं ३ किसान गोपी खड्काले पनि गाउमा उत्पादन गरेको कोदो, फापर, मकै, अदुवा,लगायतका उपभोग्य सामान चरीकोट ल्याएर सस्तो मूल्यमा बिक्री गर्नुपरेको बताइन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie