माता मनकामनाको सेयरपुँजी एक करोड

माता मनकामनाको सेयरपुँजी एक करोड

विदुर, मंसिर १३ 
सात वर्षअगाडि स्थापना भएको माता मनकामना बचत तथा ऋण सहकारी संस्था लिवि नपा १ ढुंगे नुवाकोटले सेयरपुँजी एक करोड पाँच लाख ७० हजार तीन सय पु¥याएको छ । सहकारीले संस्थाको नीतिअनुसार स–साना सेयरलाई वृद्धि गरी ५० हजार र १ लाख पु¥याई कुल सेयरपुँजी १ करोड ५ लाख ७० हजार तीन सय पु-याएको हो । 

सहकारीको छैटौं वार्षिक साधारणसभा शनिबार वनदेवीमा वनभोज कार्यक्रमसहित सम्पन्न भएको छ । उक्त साधारणसभामा अध्यक्ष नविनकृष्ण राजभण्डारीद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजेन्द्र थपलियाद्वारा प्रस्तुत आयव्यय तथा बजेट प्रतिवेदन २०७६ बृहत् छलफल गरी पारित भएको छ । सहकारीले गत आवमा दुई करोड ९९ लाख ७५ हजार पाँच सय ६३ बचत संकलन र दुई करोड ९१ लाख ४६ हजार पाँच सय ९४ बचत रकम फिर्ता गरेको थियो ।

गत आवमा सहकारीले एक करोड ८८ लाख १६ हजार आठ सय १५ रूपैयाँ कर्जा लगानी गरी एक करोड ६४ लाख ८३ हजार सात सय ७१ रूपैयाँ कर्जा असुली गर्न सफल भएको थियो । सहकारीले असल सदस्यसँग मात्र कारोबार गरेकोले ऋण लगानीमा संस्था पुर्णरूपमा सुरक्षित भई खराब ऋण नभएको जानकारी उपाध्यक्ष राजकुमार डंगोलले बताए । सहकारी २०७० जेठ १९ गते सहकारी ऐनअनुसार दर्ता भएको हो । सहकारी स्थापनादेखि हालसम्म आइपुग्दा भाका नाघेको ऋणीको संख्या न्यून रहेको जानकारी साधारणसभामा लेखा समितिका संयोजक दिपकप्रसाद रिजालले जानकारी दिए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस