स्वास्थ्य सहकारी संस्थामा पुनः अधिकारी

स्वास्थ्य सहकारी संस्थामा पुनः अधिकारी

काठमाडौं, चैत ४
सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभाले संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुनः सोमनाथ अधिकारी ‘प्यासी’लाई चयन गरेको छ । सभाले संस्थाको उपाध्यक्ष रश्मी खड्का, सचिव वरिष्ट अधिवक्ता ओम प्रसाद थपलिया, कोषाध्यक्ष जगन्नाथ सुवेदी सहसचिव टुकनारायण अर्याललाई चयन गरेको छ । त्यस्तै संस्थाको सदस्यहरुमा प्रा.डा. गणेशमान गुरुङ, दीपक बस्नेत, टहलबहादुर खड्का, हिक्मत कार्की, दिपेन्द्र केसी, सीता रिजाल, राजेन्द्र पौड्याल, कुवेर खड्का, डा. जितेन्द्र श्रेष्ठ, क्या. गणेशबहादुर गुरुङ निर्विरोध चयन भएका छन् । यसैगरी संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजक भगवानराज घले, सदस्यहरु खड्काबहादुर थापा र शिवप्रसाद अधिकारी चुनिएका छन् ।

त्यसैगरी केन्द्रीय प्रतिनिधि शोभा सापकोटा र जिल्ला प्रतिनिधि चन्द्र न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । संस्थाको १२ औं वार्षिक साधारणसभाको उद्घाटन शनिबार उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्यामन्त्री उपेन्द्र यादवले गरेका थिए । कार्यक्रममा यादवले स्वास्थ्य क्षेत्रमा स्वास्थ्य सहकारीको ठूलो योगदान रहेको चर्चा गर्दै स्वास्थ्य सहकारी सञ्चालनमा देखिएका कठिनाइ हटाउन आफूले सहयोग गर्ने बताए । १२ औं साधारणसभाले विभिन्न प्रतिवेदनहरु पारितसमेत गरेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie