‘किसानलाई व्यावसायिक शिक्षा आवश्यक’

पोखरा, फागुन २७
स्याङ्जाका दुई गाउँपालिका आँधिखोला र फेदीखोलाले स्थानीय किसानद्वारा उत्पादित कृषि उपज सङ्कलन तथा बिक्रीका लागि पोखराको बिरौटामा सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन गरेका छन् । केन्द्रका सञ्चालक सुरेन्द्रराज पौडेल ‘सुरेश’ भन्छन्, ‘किसानले उत्पादन त गर्छन्, तर बजारको अवस्था बुझ्दैनन् । बजार बुझेर उत्पादनमा जोड दिन नसक्दा किसान मर्कामा पर्ने गरेका छन् ।’ राज्यले कृषिमार्फत समृद्धि ल्याउन उत्पादकत्व बढाउनुपर्छ र किसानलाई व्यावसायिक शिक्षा दिनुपर्छ ।

किसान उत्पादकका साथसाथै व्यावसायिक हुन आवश्यक रहेको सञ्चालक पौडेलले बताए । उत्पादित कृषि उपजको गुणस्तरमा ध्यान दिनुपर्छ र बजार भाउको पनि ख्याल गरी बिक्री गर्नुपर्ने हुन्छ । राम्रो बजार भाउको प्रतीक्षा गर्दा उत्पादनको गुणस्तर कायम नहुन पनि सक्ने जोखिम रहन्छ । किसानले आफ्नो उत्पादन बजार पठाउनुभन्दा अगाडि नै बिक्री केन्द्रलाई सूचित गर्नुपर्ने र आवश्यक समन्वय गरी बजारीकरणलाई व्यवस्थित गर्न सहयोग पु-याउनुपर्ने सम्बन्धित गाउँपालिका कार्यालयहरुले जनाएका छन् ।   (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie