‘आर्थिकरुपमा सबल भए मात्र स्वतन्त्रता’

‘आर्थिकरुपमा सबल भए मात्र स्वतन्त्रता’

काठमाडौं, फागुन २७
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्यालले महिला आर्थिकरुपमा सबल भएको खण्डमा मात्र स्वतन्त्रता सशक्त हुने बताएकी छिन् । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको आयोजनामा सहकारीमा महिला सशक्तीकरण र समावेशिता विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उनले भनिन्, ‘आफैँ मात्र बन्नका लागि सहकारी रोज्नुपर्दैन अरु धन्दा छन् । सबैलाई सँगसँगै लैजाने सामूहिक व्यवसाय सहकारी हो । सहकारीमा महिलाको सशक्तीकरण भइरहेको र अब क्षमता वृद्धि गर्दै आत्मनिर्भरताको अभियान सञ्चालन गर्नुपर्छ ।’

उनले व्यक्तिले बचत गर्दा धनि हुने भए पनि संस्था र राज्यले जति खर्च ग¥यौ त्यति धनी हुने बताइन् । उनले भनिन्, ‘ओल्लो, पल्लो, तल्लो सबै जग्गा एकीकरण गरेर सामूहिक खेती गर्न सहकारीले भूमिका खेल्नुपर्छ । सहुलियत, औजार र अनुदान दिने काम राज्यले गर्छ ।’ उनले अहिले अनुदानका कार्यक्रमबाट आफू सन्तुष्ट नभएको बताइन् । ‘अहिले त अनुदान सबैले ठेकेदार, जानेका बुझेकाले मात्र लैजान्छ । त्यो सबै बदल्नुपर्छ । सहज बनाएर साँचै आवश्यकता भएकाले अनुदान दिने नीति ल्याउन मेरो पहल भइरहेको छ’ उनले भनिन् । उनले सहकारीमार्पmत महिलालाई सीपरुपी अस्त दिनुपर्ने बताइन् ।

सो कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले महासंघले वार्षिक कार्यतालिका बनाएर नै महिला सशक्तीकरणका लागि तालिम र गोष्ठी गर्दै आएको जानकारी दिए । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले संविधान महिलामैत्री रहेको र यसमा लेखिएको कुरा कार्यान्वयनमा जोड दिनुपर्ने बताइन् । उनले कानुन ऐन बनेर मात्र नहुने यसलाई व्यवहारमा ल्याउनुपर्ने बताइन् ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले सहकारी संस्था आफैँमा असल अभ्यासका कार्यस्थल भएको बताउँदै सात सिद्धान्तलाई अक्षरशः पालना गरेको खण्डमा अनुगमन जस्ता कार्य गरिरहनु नपर्ने बताइन् । दुई दिनसम्म चल्ने सो गोष्ठीमा देशभरिका जिल्ला सहकारी संघ तथा विषयगत जिल्ला सहकारी संघ र विषयगत केन्द्रीय सहकारी संघ तथा राष्ट्रिय सहकारी बैंकका महिला सञ्चालक एवं प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

सो कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालकी कामु महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बाले महिला सशक्तीकरण तथा समावेशितामा राष्ट्रिय सहकारी महासंघ विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् । साथै राष्ट्रिय सहकारी बैंककी सञ्चालक सतिरा तिमल्सिना भट्टराईले महिला सशक्तीकरण तथा समावेशितामा बैंकको कार्य विषयको प्रस्तुति गरेकी थिइन् । नेफ्स्कुनकी प्रशासन अधिकृत राधा पौडेलले नेफ्स्कुनले महिला सहभागितामा खेलेको भूमिका विषय प्रस्तुति गरेकी थिइन् ।

केन्द्रीय चिया सहकारी संघ लिमिटेडकी सञ्चालिका जुना तामाङले चिया सहकारी र महिलाको अवस्था विषयक जानकारी गराइन् । नेपालको सहकारीमा ५० दशमलव ९६ प्रतिशत महिला सहभागिता रहेको छ । ६३ लाख पाँच हजार पाँच सय ८१ सदस्यमध्ये महिलाको सख्या ३२ लाख १३ हजार पाँच सय १४ रहेको छ । सहकारीमा कुल कर्मचारीमध्ये ४७ दशमलब ९९ प्रतिशत महिला रहेका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie