सङ्गम सहकारीको प्लाजा उद्घाटन

सङ्गम सहकारीको प्लाजा उद्घाटन

नुवाकोट, फागुुन १६
नुवाकोटको बट्टारमा सङ्गम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सङ्गम प्लाजाको निर्माण गरेको छ । विदुर नगरपालिका– ४ को बसपार्कसँगै साढे नौ आना जग्गामा डेढ करोडभन्दा बढी रुपैयाँ लगानी गरी सुविधा सम्पन्न भवन निर्माण गरिएको हो । उक्त प्लाजाको मंगलबार प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पौडेलले सहकारीले स–साना पुँजीलाई एकत्रित गरी व्यावसायिक क्षेत्रमा लगानी गर्दै आर्थिक समृद्धि लाग्नुपर्ने सुझाव दिए । सहकारीको १४ औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा सहकारीका अध्यक्ष रमेश कुमार श्रेष्ठले व्यवसायी र नुवाकोटमा रहेका बचतकर्ताहरुले नै सहकारीको भविष्य उज्ज्वल बनाएको बताए ।

कार्यक्रममा प्रदेश सभासदस्यहरु बद्री मैनाली, केशवराज पाण्डे, हिरानाथ खतिवडा, आसामाया तामाङ, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित उप प्रमुख गीताकुमारी दाहाल, राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष केबी उप्रेती, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, जिल्ला सहकारी संघका अध्यक्ष राजेश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उत्कृष्ट बचत कर्ता सुरज प्रधान, असल ऋणी एकबहादुर नेपाली, उत्कृष्ट बाबुनानी बचतकर्ता सुप्रिम थापामगरलाई सम्मान गरिएको थियो । सो अवसरमा गत स्थानीय निर्वाचनमा विनपा–५ को वडा अध्यक्षमा निर्वाचित भएका सहकारीका सेयर सदस्य शिवकुमार चित्रकार, शनि चित्रकारलगायतलाई प्रमुख अतिथि मुख्यमन्त्री डोरमणी पौडेलले सम्मान गरेका थिए ।    (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie