मासु र दूधमा सत्यवती आत्मनिर्भर

बुटवल, फागुन १३
स्थानीय तहको निर्वाचनसम्म मासु र दूधमा परनिर्भर रहेको गुल्मीको सत्यवती गाउँपालिका अहिले आत्मनिर्भर बनेको छ । वडा नम्बर २ र ४ मा २० वटा अष्ट्रेलियन मूलको बयर बोका वितरण गर्दै गाउँपालिका प्रमुख पारिश्वर ढकालले मासु र दूधमा सत्यवती गाउँपालिका आत्मनिर्भर भइसकेको बताए । किशानका लागि उन्नत बिउबीजन कार्यक्रम (केयूबीके)मार्फत वितरण गरिएको कार्यक्रममा गाउँपालिका प्रमुख ढकालले आत्मनिर्भर भई गाउँपालिकाबाहिर दूध दैनिक सय लिटर निर्यात हुन थालेको प्रति सन्तोष व्यक्त गरे । मासु समेत निर्यात हुने तयारीमा रहेको बताउँदै उनले केही दिनपछि एक ट्रक बोका समेत निर्यात गर्नलागेको जानकारी दिए । वडा नम्बर ३ ठूलो लुम्पेकका सय घरधूरी किशान आत्मनिर्भर बन्ने गरी सो गाउँपालिकाले व्यावसायिक तरकारी खेती सुरु गरेको छ । त्यहाँका किसानहरुले डेढ वर्षसम्म तरकारीको बजार नपाउँदा कुहेर खेर गएकोले गाउँपालिकाले ११ लाख अनुदान दिई गाडी खरिद गरिदिएपछि अहिले त्यहाँको तरकारी बुटवलसम्म पु-याएर बेच्न थालेका छन् । रुद्रवेणीमा तरकारी संकलन केन्द्र सञ्चालनमा ल्याएपछि किशानहरु थप प्रोत्साहित भएको सो गाउँपालिकाकी सञ्चारकर्मी खगिश्वरा कालाले बताइन् ।             (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie