कृषिलाई प्रभावकारी बनाउन बीउ व्यवसायीलाई आग्रह

कृषिलाई प्रभावकारी बनाउन बीउ व्यवसायीलाई आग्रह

वीरगञ्ज, फागुन ९
वीरगञ्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले कृषि व्यवसायलाई अझ प्रभावकारी बनाउन कृषि बीउ व्यवसायीहरुलाई अनुरोध गरेका छन् । नेपाल बीउ व्यवसायी संघ प्रदेश नम्बर दुई दोस्रो वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले सुहाउँदो माटो, हावापानीअनुसार बीउले मात्र कृषकको अपेक्षा अनुसारको बाली उत्पादन हुने भएकोले त्यसैअनुसारको बीउ बिक्रीले बीउ व्यवसाय क्षेत्र प्रभावकारी हुने बताए । नगर प्रमुख सरावगीले नेपाल कृषि प्रधान मुलुक भए पनि राज्यको उदासीनताले यो क्षेत्र थलो पर्दै गएको बताउँदै महानगरभित्रको कृषिलाई प्रभावकारी बनाउन कृषि कर्मचारी, बीउ व्यवसायी र महानगरपालिकाले संयुक्त रुपमा सहकार्य गर्न आफू तयार रहेको बताए । प्रदेश अध्यक्ष सुनिल कुमार साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कृषि अनुसन्धान केन्द्र परवानीपुरका निर्देशक तुर्फेल अख्तर, बीउ व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष छोटेलाल साह, डा. रामचन्द्र यादव, डा. कैलाशप्रसाद फुर्तेललगायतका व्यक्तिहरुले मधेसको कृषिको अवस्था र बीउ व्यवसायको चुनौती बारेमा धारणाहरु राखेका थिए । 

प्रतिकृया दिनुहोस


Techie