फोहर उठाउन समस्या भएपछि कोभिड–१९ को परीक्षण

फोहर उठाउन समस्या भएपछि कोभिड–१९ को परीक्षण

काठमाडौँ, जेठ ७
काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको सिसडोल स्यानिटरी ल्याण्डफिल साइटबाट फोहर प्रभावित क्षेत्रका चार सय ७२ जना स्थानीयको मंगलबार कोरोना परीक्षण गरिएको छ । ककनी गाँउपालीकाले सिसडोल आसपासका नागरिकको कोरोना परीक्षणको माग राख्दै उपत्यकाको फोहर लाननै रोक लगाएपछि कामपाले परिक्षण गरेको हो ।

सिसडोलका स्थानीयले कारोना परीक्षणको माग राख्दै ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवतजावतमा रोक लगाएपछि कुनै पनि फोहरका गाडी सोमबार काठमाडौँ उपत्यकाबाट सिसडोल जान पाएका थिएनन् । काठमाडौँ महानगरपालिकाले इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा परीक्षण गराइएको जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रबिलास बज्राचार्यले जानकारी दिएको राससले जनाएको छ ।

ल्याण्डफिल साइट नजिक रहेको स्वास्थ्य चौकीबाट ३२० र भवानी माविबाट १५२ गरी ४७२ जनाको परीक्षण गरिएको हो । यसमध्ये स्वास्थ्य चौकीमा १४० को आरडीटी र ५० को पीसीआर विधि र भवानी माविबाट १८० को आरडीटी र १०२ जनाको पीसीआर विधिबाट परीक्षण गराइएको थियो । वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार परीक्षणमा नुवाकोटको ककनी गाउँपालिका वडा १, २ र ३ बाट, धादिङको धुनिबेँसी नगरपालिकाको वडा १ र काठमाडौँको तारकेश्वर नगरपालिका वडा ३ बाट स्थानीय सहभागी हुनुहुन्थ्यो । परीक्षणको नतिजा भने भोलि आउने छ ।

कामपाले दुई वर्षको लागि भन्दै विगत १३ वर्षदेखि सिसडोलमा फोहर व्यवस्थापन गर्दै आएको हँुदा अब त्यहाँ स्थानको पनि अभाव भइसकेको छ । हाल काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर सिसडोलमा विसर्जन हुँदै आएको छ । उपत्यकाबाट दैनिक एक हजार ४५ मेट्रिक टन फोहर उत्पादन हुन्छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie