डाक्टरले हेर्दैनन् कोरोनाका बिरामी

काठमाडौं, चैत ९
कोभिड–१९ संक्रमणको आशंकामा उपचारार्थ शहीद शुक्रराज ट्रपिकल हस्पितल टेकुमा भर्ना गरिएका बेलायती नागरिक अस्पतालबाट भागेपछि शुक्रबार साँझ बत्तीसपुतलीबाट समातेर बत्तीसपुतली मैरहेको स्वाकोन इन्टरनेशनल हस्पितलमा उपचारार्थ भर्ना गर्न लैजाँदा अस्पतालका चिकित्सक र नर्सहरुले नै भागाभाग गरेको थाहा भएको छ ।

सुरक्षकर्मीको दबाबपछि भर्ना गरिएका ब्रिटिस नागरिक दुईवटा परीक्षण सकिएपछि भागेका थिए र एउटा परीक्षणको रिपोर्ट आउन बाँकी थियो । शनिबार त्यसको रिपोर्ट पनि पोजेटिभ आए पनि उनी डिस्चार्ज भएका छन् । कोरोना संक्रमित बिरामी भनेपछि चिकित्सकहरु कसरी आतंकित हुने गरेका छन् भन्ने यो एउटा उदाहरण बनेको छ ।

शुक्रबार साँझ नै कारोना भाइरस संक्रमणको आशंकामा टेकु पुगेका एक अष्ट्रेलियन नागरिकलाई उपचार गर्न चिक्सिकले अस्वीकार गरेपछि प्रत्यक्षदर्शीहरुले प्रतिवाद गर्दा स्थिति निकै तनावपूर्ण हुनपुगेको थियो । प्रतिवाद गर्ने व्यक्तिले आफू को हुँ र केसम्म गर्न सक्छु भनेर धम्क्याएपछि चिकित्सले उनको उपचार सुरु गरेका थिए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie