माछापुुच्छ्रे बैंकको एटीएम फुुटाउँदै गर्दा पक्राउ

माछापुुच्छ्रे बैंकको एटीएम फुुटाउँदै गर्दा पक्राउ

काठमाडौं, पुस २७
एटीएम मेसिन फुुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त सिंहदरबाट खटिएको प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले जाजरकोटको त्रिवेणी नगरपालिका ६ घर भएका २४ वर्षीय तिलक खड्कालाई एटीएम मेसिन फोडिरहेको अवस्थामा शनिबार बिहान पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका २८ पुतलीसडकस्थित माच्छापुच्छ्रे बैंकको एटीएमको माथिल्लो भागको स्क्रिन फुुटाउँदै गरेको अवस्थामा फेला पारी खड्कालाई महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

यसैगरी प्रहरीले गोसाईकुण्ड गाउँपालिका २ रसुवागढीबाट आमाछो दिङ्मो गाउँपालिका ४ गोल्जुङ बस्ने २२ वर्षीय कान्छा कुमार घलेलाई सात हजार अमेरिकी डलरसहित शनिबार बिहान पक्राउ गरेको छ । सीमा प्रहरी चौकी टिमुरे र सशस्त्र प्रहरी बल नेपाल गुल्म हे.क्वा.नं. २१ टिमुरेबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा नेपालबाट चीनतर्फ जान लागेका घलेलाई उक्त डलरसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस