तेह्रौँ साग : महिला टिम कातामा नेपाललाई स्वर्ण पदक

काठमाडौं, मङ्सिर १६
तेह्रौँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण पदक हात पारेको छ । सातदोबाटोस्थित कराँते हलमा आज भएको खेलमा नेपालले पाकिस्तानलाई पराजित गर्दै स्वर्ण पदक हात पारेको हो । नेपाले २४।८८ अङक ल्याउँदा रजत जितेको पाकिस्तानले २३।३ अङ्क प्राप्त ग-यो । नेपाली टिममा निर्मला तामाङ, सङ्गीता मगर र सरु कार्की थिए । समूह चरणको खेलमा नेपालले २४।७४, बङ्गलादेशले २४।०८, पाकिस्तानले २५।१४ र श्रीलङ्काको टिमले २२।२५ प्राप्त गरेका थियो ।

प्रतिकृया दिनुहोस